Connect with us
Kapilvast Forest

कपिलवस्तुमा माघीको रौनकः तीन स्थानमा माघी मेला लाग्दैँ

२०८०, २७ पुष शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुमा बासोवास गर्ने थारु समुदायका वस्तीहरुमा यतिबेला ’सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ । यसले के संकेत गर्छ भने माघी आइस्क्यो । माघीको तयारीका लागि बजारहरुमा समान किनबेच गर्नेहरुको भिड लागेको देख्न सकिन्छ ।

थारु समुदायले माघीलाई मौलिक संस्कृतिको रुपमा मनाउदै आएका छन । जिल्लामा अहिले माघी पर्वको रौनक छाएको छ । समुदायमा बडो उत्साहका साथ माघीको तयारी भइरहेको छ । थारु समुदायले माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा लिइका छन । माघीको अवसरमा कपिलस्तुका ३ स्थानमा माघी मेलाको आयोजना गरिएको छ ।

माघी मेलामा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका र उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरुलाई सम्मान गर्ने योजनाका साथ अघी बढी रहेको थारु कल्याणकरिणी सभा कपिलवस्तुका अध्यक्ष पावन चौधरीले बताउनुभयो । जिल्लाको बाणगंगा नगरपालिकामा माघ २, ३ र ४ गते नगर स्तरिय माघी मेलाको आयोजना गरिएको छ । त्यस्तै बुद्धभुमी नगरपालिकामा पुस २९ गते देखी माघ १ गते सम्म मेलाको तयारी भैरहेको थारु कल्याणकरिणी सभा कपिलवस्तुका अध्यक्ष पवन चौधरीले जानकारी दिनुभयो ।

जिल्लाको शिवराज नगरपालिका वडा नं १ उमरी स्थित थारु संग्रहालय उदघाटन तथा तिसरा माघी खिचडी महोत्सव माघ १ देखि ३ गते सम्म हुने महोत्सव आयोजक समितिका अध्यक्ष प्रकाश चौधरीले जानकारी दिनुभयो । बाणगंगा नगरको केही वडा स्तरिय र विजयनगर गाँउपालिकाको केही वडामा वडास्तरिय माघीको मेला आयोजना गरिएको छ ।

माघी मेला सम्बन्धि पोष्टरहरु-

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu