शिवराज-४ का ज्येष्ठ नागरिकलाई कम्मल वितरण
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ ले ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको छ । वडामा रहेका १ सय ५० जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष नसिम अहमद खाँले जानकारी दिनुभयो ।
वडाले विनियोजन गरेको वडा स्तरिय रकमबाट यस वडा भित्रका ७५ बर्ष माथिका जेष्ठ नागरिक लाइ न्यानो कम्मल वितरण गरेको अध्यक्ष नसिम खाँले बताउनुभयो ।
आफ्नो जीवनको उर्वर समय, श्रम र सीप सबै मुलुकका निम्ति खर्चिएका ज्येष्ठ नागरिक बूढेसकालमा कम्मलले सम्मान गर्दा ज्येष्ठ नागरिकहरु खुसी भएका थिए ।
न्यानो कम्बल वितरण कार्यक्रममा वडा सदस्यहरुको सहभागिता रहेको वडा सचिव सावित्री चौधरीले जानकारी दिनुभयो ।
