Connect with us
Kapilvast Forest

कपिलवस्तु दुर्घटना: १० जनाको मृत्यु

२०८०, ३ फाल्गुन बिहीबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । मृतक मध्ये १० जनाको सनाखत भएको छ । रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे कपिलवस्तु स्थित नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनु भयो ।

त्यसैगरी भिमदत्त नगरपालिका १ कंचनपुरका बर्ष २७/२८ का राहुल राम कामी, भिमदत्त नगरपालिका ४ बस्ने बर्ष २६ का उमेश भण्डारी, भिमदत्त नगरपालिका बस्ने बर्ष २७ कि सन्जु थापा, भिमदत्त नगरपालिका २ बस्ने सुदिप भट्ट, पुनरवासा नगरपालिका कंचनपुर बस्ने किसन भट्ट, कचनपुर बस्ने खगेश्वरी खाती, पुरनरबास नगरपालिका बस्ने बिमला देवी भट्टको खनाखत भएको प्रहरीले जनाएको छ ।

राती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली यातायात दुर्घटना भएको हो । सुनौलो महाकाली यातायातले संचालन गरेको सु- प – प्र-०२-००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो । दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu