Connect with us
Kapilvast Forest

युवती बलात्कार गर्नेलाई ११ बर्ष जेल

२०७६, ३ मंसिर मंगलवारमा प्रकाशित

 काठमाडौं । सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवतीलाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजाय सुनाएको छ ।

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको सफाइ फैसलालाई उल्ट्याउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजाय तथा पीडितलाई दश लाख रुपैयाँँ क्षतिपूर्ति दिन आदेशसमेत दिएको छ । बलात्कार कसुरमा साढे छ वर्ष र सामुहिक बलात्कारको कसुरमा पाँच वर्ष गरी कुल साढे ११ वर्ष कैद सजाय सुनाएको सर्वोच्च अदालतले जनाएको छ ।

अदालतले पीडक दुवै जनाबाट जनही साढे दुई लाख गरी पाँच लाख र सरकारका तर्फबाट पाँच लाख गरी पीडितलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको हो । राजधानी दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu