Connect with us
Kapilvast Forest

अब कसैले पनि चुनावअघि गठबन्धनको कल्पना गर्दैन : गगन थापा

२०८०, २७ फाल्गुन आईतवारमा प्रकाशित

। नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् ।

आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले नेताहरु मिलेर चुनावमा जाने प्रचलन अब अन्त्य हुने आशा गरेको बताएका हुन् ।

‘नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, यसले भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो, थप खोक्रो बनाउँथ्यो । अब मलाई के लागेको छ भने कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन’ उनले भने ।

थापाले चुनावअघि गठबन्धन बन्दा कसले कसलाई धोका दिन्छ भन्ने हिसाबकिताब नै नहुने स्थिति आएको बताए ।

‘यो मानेमा हेर्ने हो भने हामी सबैलाई चेत खुलेको छ । नेपालको राजनीति भ्रष्टीकरण हुने जुन बाटोमा लागेको थियो, यो प्रकरणले सबैलाई सन्देश दिएको छ’, उनले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu