Connect with us
Kapilvast Forest

कृष्णा केसी तेस्रोपटक मन्त्री नियुक्त

२०८१, २१ जेष्ठ सोमबारमा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चौथोपटक मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री महराले सोमबार कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री केसीलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। केसी माओवादी केन्द्रबाट निर्वाचन सांसद हुन्।

प्रदेशमा प्रत्यक्ष निर्वाचन एक मात्र महिला सांसद रहेकी केसी तेस्रोपटक मन्त्री नियुक्त भएकी हुन्। यसअघि उनी एमालेका लीला गिरी मुख्यन्त्री हुँदा करिब तीन महिना मन्त्री भइन्। तत्कालिन अवस्थामा उनी विनाविभागीय मात्रै थिइन्।

कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री हुँदा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिनामै त्यो सरकार पनि ढलेको थियो। अहिले तेस्रोपटक उनी मन्त्रीमा नियुक्त भएकी छिन्। उनी दोस्रोपटक बाँकेबाट सांसद निर्वाचित भएकी हुन्।

केसी मन्त्री नियुक्त भएसँगै लुम्बिनीको मन्त्रिमण्डल १२ सदस्यीय भएको छ। यसअघि एमालेका पाँच, माओवादी केन्द्रका मुख्यमन्त्रीसहित दुई, नागरिक उन्मुक्ति पार्टीक एक, जसपा नेपालका एक, एकीकृत समाजवादीका एक र स्वतन्त्रबाट निर्वाचित एक मन्त्री नियुक्त भइसकेका छन्।

एमालेका चेतनारायण आचार्य आर्थिक मामिला, माओवादी केन्द्रका दीपेन्द्र पुन स्वास्थ्य मन्त्रालय, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालय, एमालेका भूमिश्वर ढकाल सहरी विकास तथा खानेपानी मन्त्रालय, दिनेश पन्थी आन्तरिक मामिला तथा कानुन मन्त्रालय, अर्जुनकुमार केसी वन तथा वातावरण मन्त्रालय, रत्नबहादुर खत्री सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा छन्।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वतन्त्रका खड्ग बस्नेतलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu