कपिलवस्तुमै पहिलो पटक वैज्ञानिक डिजिटल घर नम्बरिंग, अब घरबाटै सेवा लिन सकिने
न्युज सेन्टर
डिजिटल घर नाम्बरिंग भन्ने बित्तिकै हामीले घरमा स्टिकर ठोक्ने नम्बर दिने QR प्रदान गर्ने भनेर सोच्छौ, के येही हो त डिजिटल घर नम्बरिंग घर नम्बरिंग डिजिटल प्रिन्टरबाट प्रिन्ट गर्ने बित्तिकै डिजिटल घरका सम्पूर्ण माव्दंड पुरा भयो त ? यसको उत्तर हो हैन ।
डिजिटल घर नम्बरिंग भनेको त घरको सम्पूर्ण अभिलेख, घरमा बस्ने जनताको अभिलेख सफ्टवेयर प्रणालीमा बैज्ञानिक तवरले अनुबन्धन गरि भविष्यमा सरकार/स्थानीय तह द्वारा प्रदान गरिने सेवा सुविधालाई जनताले घरमै बसी सिस्टममा भएका/भरिएका अभिलेखलाई प्रयोग गरि स्थानीय तह अथवा सरकार द्वारा प्रदान गरिने सेवा घरबाटै लिन सकुन भन्ने हो

तर नेपालको परीपेक्षमा हेर्ने हो भने नेपालमा धेरै यस्ता कम्पनि आए जसले डिजिटल घर नाम्बरिंगको काम त गरे तर जम्मा/एक्कठा गरिएको डाटालाई कसरि प्रयोग गर्ने भनेर सोच्दै सोचेन डिजिटल प्रोफाइल लाखौ खर्चो गरेर त बन्यो तर यसको कुनै बास्तविक फाइदा भने जनतालाई भएन ।
हुन त नेपाल यौटा विकास हुदै गरेको देश हो यहाँ जे कोभिड पछी मात्र जनताले सूचना प्रविधिको महत्व अझ बडी बुझेको पाहिन्छ त्यसैले पनि होला जनता/जनप्रतिनिधिलाई यसको महत्वको बारेमा धरै कम थाहा छ । कतिपय सफ्टवेयर प्रदायकले पालिकाको बजेट खर्चो गर्न मात्र डिजिटल प्रोफाइलको निर्माण गर्छन र त्यसलाई प्रत्यक वर्ष अपडेट गर्न फेरी त्यति नै रकम निर्धारण गरि अपडेट गर्छन तर यो पटक भने धेरै फरक भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वार्ड न ३ मा कामको जिम्मा पाएर आफ्नो सफ्टवेयर पाईलोटिंग गरेको कम्पनि बाइटब्लिस इनोभेसनले भने बिल्कुल नयाँ र फरक काम गरेको छ उक्त कम्पनिले अभिलेखीकरण गरेको डाटा प्रत्यक बर्ष क्षेण-क्षेणमा आफै अपडेट होस र पालिकालाई आर्थिक भार कम होस् भन्ने हेतुले अभिलेखीकरण गरेको डाटालाई पालिकाको सेवासंग अनुबन्धन गरेको छ जसका कारण प्रत्यक वर्ष प्रोफाइल अपडेट गर्न लाग्ने रकमको आर्थिक भार पालिकालाई पर्दैन र जनता पनि पालिकाको जनता पोर्टल प्रयोग गरि घरमै बसी पालिकाको प्रत्यक्ष्य रुपमा सेवा लिन सक्छन ।
शिवराज नगरपालिकाको वडा नम्वर ३ ले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली सुरु गरेको छ ।वडाले सोमबार स्वर्गद्धारी टोल खरेन्द्रपुर मा रहेको नगर प्रमुख अजय थापाको घरबाट सुरु गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।
सबै वडा वासीको सूचना, विवरण सङ्कलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो ।
शिवराज नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वडा बासीको सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जानकारी दिनुभयो ।
उहांले डिजिटल घर नम्बर प्रणालीमा सुरु भएकाले अव सम्बन्धित घर कहाँ छ, भनि व्याक्तीलाई सोध्नु नर्पने र क्यूआर कोडमा स्क्यान गरेमा जानकारी प्राप्त हुने बताउनुभयो ।
पहिलो चरणमा वडा नम्बर ३ को १६ सय घरमा डिजिटल घर नम्बर प्लेट राखिने अध्यक्ष सापकोटाले बताउनुभयो । उहांका अनुसार वडाका १८ सय घर मध्ये केहीको विवरण आउन बांकी रहेको र बाकी रहेका घरको समेत विवरण संकलन गरि घरमा पुगेर सूचना र विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिने बताउनुभयो ।
पहिलो चरणमा शिवराज नगरपालिका वार्ड न ३ मा डिजिटल घर नाम्बरिंगको काम भए पनि आउने वर्ष पालिका स्थरिय कामको लागि सिस्टमको निर्माण भैरहेको सेवा प्रदायक कम्पनिका प्रबन्ध निर्देशक शिवराज नगरपालिका ५ निवासी इन्जीनियर सुबोध रेग्मीले जानकारी दिनु भएको छ ।
हामीले जनताको डाटा कसरि सुरक्षित राख्नु हुन्छ ? तपाइले निर्माण गरेको सिस्टममा त जनताको सम्पूर्ण अभिलेख रैछ यसको दुरुपयोग हुने कत्तिको चान्स छ भनेर सोधेका थियौ यसमा इन्जीनियर रेग्मीले “हामीले नेपाल सरकार सूचना प्रबिधि विभाग(DOIT)को फ्रेम्वोर्कमा काम गर्ने हो, डाटा सेकुरिटीको लागि हामीले सिस्टमबाट डाटा चोरी हुन नदिन पेनीट्रेसन टेस्ट, System vulnerability Testing, लगायत बिभिन्न टेस्ट गरेका हुन्छु र सिस्टम पूर्णरुपमै सुरक्षित भए पश्चात मात्र सर्भरमा हाल्ने हो फेरी हामीले नेपाल सरकार अन्तरगत रहेको DOIT र हेटौडामा भएको सरकारी सर्भरमा जनताको डाटा सुरक्षित राखेका छौ त्यसैले डाटा सुरक्षाको मामलामा ढुक्क भएर अन्य जनतालाई डिजिटल सेवाको आनन्द लिदा हुन्छ” भन्नु भएको छ ।

उहाले कम्पनिमा आफुले पनि भारतमा बस्दा सिकेको अनुभव दूबई र अमेरिका जस्तो अति विकसित मुलुकको डिजिटलाईजेसनमा योगदान गरेर लाखौ पैसा कमाएका र पैसा मात्र कमाएर भएन नेपालमै केहि गर्नु पर्छ हामीले हाम्रो सन्ततिलाई यो गर्यौ भनेर गर्भ साथ भन्ने गर्भ गर्नु लायकको काम गर्नु पर्छ भन्ने सोचका साथ आफ्नो कम्पनिको ब्यवास्थापीय र टिमको बयान गर्नु भएको थियो .