Connect with us
Kapilvast Forest

कपिलवस्तुको तौलिहवामा बृक्षारोपण

२०८१, २३ असार शनिबारमा प्रकाशित

प्राचीन बुद्ध नगरी कपिलवस्तु नगरपालिकामा ‘ एक युवा पाँच बिरुवा ’अभियान संचालन गरिएको छ।

नगरलाई स्वच्छ र हराभरा बनाउन शनिवार बिहान देखि अभियानको थालनी गरिएको हो । शनिवार अबिरल वर्षा र झरीको बावजुत नगर बासीहरूको उत्साहजनक सहभागीताका बिच लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले बेगमबेलिया प्रजातिको फुलको बिरुवा रोपेर अभियानका शुभारम्भ गरेका हुन ।

सो अवसरमा प्रदेश सदस्य सुधाकर पाण्डेयले प्राचीन नगरीलाई हराभरा बनाउन गरिएको यो अभियान निकै राम्रो भएको बताए । ‘ यो बुद्ध नगरीलाई सबै मिलेर स्वच्छ हराभरा बनाउनु पर्छ ’ उनले भने। उनले आफूले पनि प्रदेश सरकारसँग यो नगरपालिकाको विकासकालागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा मेयर सुदीप पौडेलले ऐतिहासिक र प्राचीन नगरीलाई हरियो सहरको रुपमा विकास गर्न अभियान संचालन गरिएको बताए । उनले बुद्ध नगरीलाई हेर्न लायक बनाउन यो अभियानले समेत मद्दत मिल्ने बताए ।अभियानका संयोजक कालीपद शर्माले जमुहार देखि नयाटोल हुँदै छोटकी तौलिहवा सम्मको दुवै तर्फको मेडियनमा वृक्षारोपण गरिने बताए। उनले यो अभियानले नगरलाई हराभरा बनाउन मद्दत मिल्ने बताए । शनिवारको अभियानमा जमुहार चोक देखि प्रशासन चोक सम्म १२ सय मिटर क्षेत्रका मेडियनमा बेगमबेलिया जातको बिरुवा रोपिएको नगरपालिकाका इन्जिनियर राजेश सैनीले बताए।

दुई दुई मिटरको दुरीमा साढे सात सय बिरुवाहरू रोपिएका छन् । चार चरणमा चल्ने अभियानमा ४ किलो मिटर क्षेत्रमा वृक्षारोपण गरिनेछ । यस वर्ष बहादुरगंज चोक देखि प्रशासन चोक हुँदै नयाटोल र बहादुरगंज जान चोक सम्म वृक्षारोपण गरिनेछ। यस वर्ष कुल साढे २२ सय बिरुवा रोपिने छ । यस वर्षको बृक्षारोपणका लागि कुल १५ लाख खर्च भएको इन्जिनियर राजेश शैनीले बताए।

यस्तै नगरपालिका देखि बुद्धपदम विद्यालय सम्म दुवै तर्फ गरी ३ सय ६० मिटर मेडियनमा तारा जालीका लागि ३९ लाख खर्च भएको छ । यस्तै थप तार जालीका लागि ५५ लाखको ठेक्का समेत निकालिएको छ । छाडा चौपायालाई मध्यनजर गरी वृक्षारोपण गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बताए ।

बेगम बेलियालाई छाडा चौपायाले खादैनन । रोपेको एक महिना मै फुल्ने, ९ महिना सम्म फुलीरहने, ७० प्रशितशत भाग फुलले ढाकेको हुने, पानी कम चाहिने मलिलो माटो नभए पनि हुने, सिचाई गरी रहनु नपर्ने र कटिङ गरी डिजाइन समेत निकाल्न सकिने भएकाले बेगम बेलिया बृक्षारोपणका लागि यहाँ उपयुक्त रहेको अर्यालले बताए ।
यो वृक्षारोपण अभियान र नयाँ जडान भएको लाईटिङले नगर अब सुन्दर देखिने उनले बताए। अभियानमा सुरक्षा निकायका प्रमुख, बिभिन्न गैर सरकारी संस्था, नगर बासीहरूको सहभागीता थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu