Connect with us
Kapilvast Forest

प्राकृतिक विपत्तिबाट ८८ जनाको मृत्यु

२०८१, २८ असार बिहीबारमा प्रकाशित

नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठदेखि आज (२७ असार) सम्म प्राकृतिक विपद्‌बाट ८८ जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परेर १०६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको हो ।

आज, बिहीबार दिउँसोसम्म विपद्‌मा परी कोशी प्रदेशमा १९ जना, मधेशमा ४, बागमतीमा ६, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी ८८ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोमा परी ६ जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्‌मा परेका ५३ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ । बाढीका कारण १७६ घर डुबानमा परेका छन् । १६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

विपद्का घटनाबाट ३ हजार ४६२ घरपरिवार विस्थापित भएका छन् । यो अवधिमा ४७९ पशु चौपायाको मृत्यु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu