Connect with us
Kapilvast Forest

१४ महिनाको तलब नपाएपछि कपिलवस्तु साझेदारी वनको कार्यालयमा तालाबन्दी

२०८१, १८ श्रावण शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल– कपिलवस्तु,
कपिलवस्तु साझेदारी बन उपभोक्ता समितिका कर्मचारीहरूले १४ महिनाको तलब नपाएपछि कार्यालयमा तालाबन्दी गरेका छन्।  तलब स्वरुप ३८ लाख ७१ हजार पाउनुपर्ने साझेदारीका कर्मचारीहरुको भनाई रहेको छ।

तलब नपाएपछि परिवार पाल्न कठिन भएको वन हेरालु जाहिर जोलहाले बताउनु भयो । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारी र सब-डिभिजन वन कार्यालय खरेन्द्रपुरका वन अधिकृत संजय कुमार मिश्रले तलब नदिएको जोलाहाले आरोप लगाउनु भयो ।

तिवारी र मिश्रले अर्को महिना तलब पाइने भन्दै बारम्बार ढटेको वन हेरालु लक्ष्मी चौधरीले जानकारी दिनुभयो ।

तलबको लागि पटक-पटक माग गर्दा कुनै सुनुवाई नभएपछि कर्मचारीहरूले बाध्य भएर कपिलवस्तु साझेदारी वनको कार्यालयमा ताला लगाएको खरिदार अर्जुन यादवले जानकारी दिनुभयो ।

अर्जुन यादवले भने, “हाम्रो पाउनुपर्ने तलब तत्काल उपलब्ध गराउन माग गर्दछौं। नत्र थप आन्दोलन गर्छौं।” कार्यालयमा लगाइएको तालाको साँचो सबैको सल्लाह अनुसार वन हेरालु जाहिर जोलहालाई राख्न दिने निर्णय गरिएको छ।

कपिलवस्तु साझेदारीले कार्ययोजना निर्माण गरी वन निर्देशनालयको कार्यालयमा पठाएको जनाएको छ।

वन निर्देशनालयले कार्ययोजना स्वीकृत नगर्दा अनुदानको रकम आउन ढिलाई भएको डिभिजन वन कार्यालय गौतम बुद्धले जनाएको छ। कोषमा पैसा नभएकाले तत्काल दिन नसकिने साझेदारीका पदाधिकारीको भनाइ रहेको छ।

### तलब नपाएका कर्मचारीहरूको नामावली  :

१. अर्जुन यादव
२. धन प्रताप यादव
३. सरस्वती श्रेष्ठ
४. राज कुमार थारु
५. त्रिवेनी अहिर
६. प्रभुदयाल यादव
७. कृष्णा यादव
८. गंगाराम यादव
९. गोविन्द केसी
१०. विष्णु बहादुर सुनार
११. प्रेम भुसाल
१२. जाहिर जोलहा
१३. जगन्नाथ थारु
१४. रामेश्वर कुर्मी
१५. बलिराम कुर्मी
१६. बरसाती अहिर
१७. लक्ष्मी थारु
१८. गोपाल थारु

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu