Connect with us
Kapilvast Forest

रातिमा प्रचार सामग्री टाँस्दै हिँड्ने विप्लवका दुई कार्यकर्ता पक्राउ

२०७६, ८ मंसिर आईतवारमा प्रकाशित

बर्दिया । प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई गिरफ्तार गरेको छ।

सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए राति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu