थाइ एयर एसियाको भैरहवा–बैंकक उडान आजबाट सुरु
थाइ एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आजबाट सुरु भएको छ । नागरिक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस ए ३२० जहाज भैरहवा अवतरण गरेको हो । प्राधिकरण भैरहवा कार्यालयका सूचना अधिकारी बिनोद राउतका अनुसार पहिलो उडानमा बिमानका चालकदलका ७ सदस्यहरु मात्रै आएका थिए ।
राउतका अनुसार यो तालिका अनुसारकै उडान हो । अब ८ नोभम्बर( २३ मंसिर शुक्रवार)मा अर्को उडान गर्ने र त्यस पछि हप्ताको दुई उडान गर्ने छ । थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुन उडान काठमाण्डौमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रबद्र्धनको काम भएको थिएन् ।
भैरहवाबाट बैंकक तर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाईएको छ । एयर एसियाको यो बिमान बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ ।