Connect with us
Kapilvast Forest

दाङको गढवाले अदालतको आदेशविपरीत कर असुल्दै, ब्यवसायी मारमा

२०८१, २० कार्तिक मंगलवारमा प्रकाशित

न्युज सेन्टर, नेपाल-
दाङको गढवा गाउँपालिकाले अदालतको आदेशविपरीत दोहोरो कर असुल्दै आएको छ । अदालतले २०८१ कार्तिक १३ गते दोहोरो कर नलिन आदेश जारी गरे पनि पालिकाले त्यसलाई कार्यान्वयन नगर्दा स्थानीय व्यवसायी समस्यामा परेका छन ।

विशेष गरी ढुङ्गा, गिट्टी, र बालुवाको उत्खनन तथा ढुवानीका लागि तीन तहमा कर असुल्ने गरिएको छ ।

व्यवसायीहरूले यसबारेमा अदालतमा रिट हालेका थिए । उक्त रिटमाथि कार्तिक १३ गते अन्तरिम आदेश जारी गदै छलफलका लागि कार्तिक २७ गतेको मिति तोकिएको छ, जसले उक्त अवधीसम्म दोहोरो कर असुल्न रोक लगाएको छ ।

व्यवसायी डिल्लिराम भुसालले एउटै सामग्रीको लागि तीन पटकसम्म कर तिर्नु अन्यायपूर्ण भएको भन्दै यसको विरोध गरेका छन । उनले भने, “हामीले राज्यलाई तिर्नुपर्ने कर तिरिसकेका छौं, तर दोहोरो र तेब्बर कर तिर्न लगाउनु अन्याय हो ।”

गढवा गाउँपालिकाको जुरौनीमा अन्तरिक निकासीको ठेक्का पाएको स्वर्गद्वारी निर्माण सेवाले च्याखे थापेर कर असुल्दै आएको छ । यसबारे प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले पूर्व-पश्चिम राजमार्गमा कर असुल्न नपाइने बताएका छन् । प्रजिअ लम्सालले गाउँपालिकालाई यो विषयमा सचेत गराइसकेको उल्लेख गरे ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले सडकमा लिने कर नलिने गरि पत्राचार गरिसकेको जानकारी दिए । यद्यपि, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडयालले भने दोहोरो करको विषयमा कानुनी सल्लाह लिने बताउनु भएको छ ।

व्यवसायीहरूले भने पालिकाको यस्तो व्यवहारले आफ्नो व्यवसायमा ठूलो नोक्सानी पुर्‍याइरहेको गुनासो गरेका छन् । उनीहरूले स्थानीय प्रशासनले कानुनी आदेशलाई अवज्ञा नगर्न र व्यवसायमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन ।

ठेकेदारले ब्यवसायीहरुको ट्रक जुरौनीमा रोकेपछि बिवाद सृजना भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu