Connect with us
Kapilvast Forest

मेयर कलामको कामले सयौंले देखे संसार

२०७६, ८ मंसिर आईतवारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु मंसीर ८।

कपिलवस्तुको महाराजगंज नगरपालिकाका नगर अब्दुल कलामले सञ्चालन गरेको अभियानले नगरवासी हर्षित भएका छन । नगर प्रमुख कलामले आप्नो नागरिकहरुको लागि निशुल्क आँखा शिविर सञ्चालन गरी संसार अध्यारो भएकालाई संसार देखाउने कार्य गरेको पाइएको छ । कलामले दिनरात नभनी नगरवासीहरुको समास्यालाई पहिचान गरी निशुल्क आखा शिविर सञ्चालन गर्नु भएको हो । गाँउ ठाउमै शिविर सञ्चालन भएपछी स्थानियले मौकाको फाइदा उठाएका छन । आखा नदेख्नेलाई अपरेशन गरी सयौंको सख्यामा शिविरमा निशुल्क अपरेशन समेत गरीएको छ । अपरेशन गराएकाले भने मेयरले हामीलाई संसार देखाउनु भयो । धन्य हो मेयर साहेव ।
शिविरमा कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्धभुमी नगरपालिका र छिमेकी मुलुक भारतका आँखा रोगीहरुले निशुल्क रुपमा सेवा लिएपछी खुशी भएका छन ।
महाराजगंज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायणी आखाँ अस्पाताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आखाँ शिविर सञ्चालन गरीएको छ । महाराजगंजको फलहारी बाबा बहुमुखी क्याम्पसको प्रंगणमा शनिवार देखी ३ दिने निशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
मंसीर ७ गते देखि ३ दिन सम्म संचालन हुने शिविरमा कपिलवस्तुको अधीकांस स्थानका करिब ५ सय ५० जना आँखाका रोगीले निशुल्क आँखा उपचार सेवा लिएको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । शिविरमा आँखा नदेख्ने मोतिविन्दु लागेका आँखाको रोगीहरुको आँखा अप्रेसन कार्य जारी रहेको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।
महाराजगंज नगरपालिकाका ग्रामीण बस्तीहरुमा समेत पुगी सुचना प्रवाह गरी निशुल्क आँखा उपचार सेवा प्रदान गरेपछी आँखा शिविरमा आएका स्थानियले बताएका छन । मानवको संसार देखाउने अत्यन्तै सम्बेदनशिल मानिने आँखा भएकाले सानो समस्या हुदाँ झार फुखतर्फ नलागी निशुल्क आँखा उपचार गराउन आएको स्थानियले बताएका छन ।
शिविरमा ५ सय ५० जनाले आखा चेकजाच गराएका छन । जसमध्ये ४० जनामा मोतियाविन्दुको समया देखापरेकोमा उनिहरुलाई शिविरमै निशुल्क अपरेशन र औषधी समेत वितरण गरिएको छ ।

कपिलवस्तुको महाराजगंज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायणी आखाँ अस्पाताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आखाँ शिविर सञ्चालन गरीएको छ । शिविर सोमबार समापन हुनेछ । आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका विरामीहरुले निशुल्क पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu