Connect with us
Kapilvast Forest

विशेषाधिकार समितिको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभापति न्यौपाने

२०८१, १९ मंसिर बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
लुम्बिनी प्रदेश सरकारको विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले विधायिकाको अधिकार र मर्यादाको रक्षा गर्न विशेषाधिकार समितिको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भयो ।

बुटवलमा आयोजित विशेषाधिकार समितिले अन्तर्क्रियात्मक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले भन्नुभयो, “विधायिकाको गरिमा जोगाउँदै यसको प्रभावकारिता अभिवृद्धि गर्न हामी प्रतिबद्ध छौं । छिटो न्याय प्रदान गर्ने र सदस्यहरूको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक संरचना तयार गर्नुपर्ने हाम्रो प्राथमिकता हो ।”

कार्यक्रममा विधायिका सदस्यहरूको अधिकार, मर्यादा, स्वतन्त्रता, र प्रभावकारिताका विभिन्न आयाममाथि गहन छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले विधायिकाको प्रभावकारिता बढाउन अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण र ती अभ्यासलाई स्थानीय सन्दर्भमा अनुकूल बनाउने विषयमा समेत ध्यान केन्द्रित गरेका थिए ।

विधायिका सम्बन्धी विवाद समाधानका लागि छिटो निर्णय गर्ने प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा पनि जोड दिइएको थियो ।

सभापति न्यौपानेले विधायिकाको स्वायत्तता र लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन विशेषाधिकार समितिको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाका अनुसार, “समितिले स्वस्थ र मर्यादित वातावरण निर्माण गर्दै विधायिकालाई थप प्रभावकारी बनाउने दिशामा आफ्नो जिम्मेवारी पूरा गर्नेछ ।”

कार्यक्रमले अघि सारिएका सुझाव र मार्गनिर्देशनलाई कार्यान्वयन गर्न विशेषाधिकार समितिले प्रतिबद्धता व्यक्त गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu