Connect with us
Kapilvast Forest

कपिलवस्तुको वीरपुर स्वास्थ्य चौकीमा एकै दिन ९ जनाले बच्चा जन्माए

२०८१, २३ मंसिर आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ मा रहेको विरपुर स्वास्थ्य चौकीमा आज एकै दिन ९ जनाले सुरक्षीत रुपमा बच्चा जन्माएको छन ।

विरपुर स्वास्थ्य चौकी प्रती नागरिकको विस्वास बढे पछि सुत्केरी महिलाहरु विरपुरमा बच्चा जन्माउनेको संख्या बढेको वडा अध्यक्ष माहेताब आलम खाँले जानकारी दिनुभयो ।

शिवराज नगरपालिकामा सञ्चालनमा रहेका छ वटा बर्थिङ्ग सेन्टरमध्ये सबैभन्दा बढी वीरपुर स्वास्थ्य चौकीमा प्रसुति गराइएको वडा अध्यक्ष माहेताब आलमले बताउनु भयो ।

गत आर्थिक वर्षमा पनि वीरपुर स्वास्थ्य चौकीमा २ सय ८० वटा प्रसुति गराइएको विरपुर स्वास्थ्य चौकी इन्चार्ज राजेश कुँवरले बताउनुभयो ।

६ वटा प्रसुति गृह मध्ये प्रथम भएको वीरपुर स्वास्थ्य चौकीमा यस चौमासिकमा पनि सबैभन्दा बढी प्रसुति गराएको नर्स सीता बस्यालले जानकारी दिनुभयो ।

वीरपुर स्वास्थ्य चौकीमा दुईवटा मात्रै नर्स रहेका छन् । दुईजनाले १२/ १२ घण्टाको दरले ड्युटी गर्दै आएका छन् ।
वीरपुर स्वास्थ्य चौकीमा प्रसुति बेडको समस्या रहेको छ । वीरपुरमा दक्ष जनशक्तिको अभाव र बेडसङ्ख्याको कमीले गर्दा बिरामीहरु फर्किने गरेका छन ।

वीरपुर स्वास्थ्य चौकीलाई व्यवस्थापन गर्नका लागि शिवराज नगरपालिका कार्यालयसँग माग गरिएको भएपनि कुनै सुनवाई हुन सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu