Connect with us
Kapilvast Forest

राष्ट्रिय बहिरा महासंघको राष्ट्रिय भेला तथा रजत जयन्ती समारोह कपिलवस्तुमा हुँदै

२०८१, २३ मंसिर आईतवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु- राष्ट्रिय बहिरा महासंघ-नेपालले आफ्नो राष्ट्रिय भेला तथा ऐतिहासिक रजत जयन्ती समारोह कपिलवस्तुको तौलिहवामा हुने भएको छ ।

मंसिर २७ र २८ गते कार्यक्रम हुने तयारी भैरहेको छ । कार्यक्रममा सहभागीहरूले मंसिर २६ गते नै कपिलवस्तुस्थित तिलौराकोट होटल इन्टरनेशनल प्रा.लि.मा उपस्थित हुनु पर्नेछ ।

कार्यक्रममा बहिरा समुदायका प्रतिनिधिहरू, संघका सदस्यहरू, र अन्य सरोकारवालाहरूको उपस्थितिमा संघको भावी रणनीति, नीति निर्माण, र उपलब्धिहरूको समीक्षा गरिने छ ।

साथै, रजत जयन्तीको अवसर पारेर संघले आफ्नो २५ वर्षको योगदानको स्मरण गर्दै विविध कार्यक्रम गर्ने योजना बनाएको छ ।

समारोहले बहिरा समुदायको हकअधिकार प्रवर्द्धन, सामाजिक सहभागिता वृद्धि, र सशक्तीकरणका लागि नयाँ सम्भावनाहरूको खोजी गर्ने अपेक्षा गरिएको छ ।

आयोजक समितिले कार्यक्रम सफल बनाउन आवश्यक सबै तयारी पूरा भएको जानकारी गराएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu