स्वर्गीय उपमेयर कुर्मी स्मृति पुरस्कारबाट पत्रकार पौडेल सम्मानित
बृजेश यादव– कपिलवस्तुको बरिष्ठ पत्रकार मनोज पौडेललाई महाराजगन्ज नगरपालिकाले प्रदान गर्ने “स्वर्गीय पूर्वउपमेयर शुभावती कुर्मी स्मृति पुरस्कार”बाट सम्मानित गरेको छ ।
महाराजगन्ज नगरपालिकाले विगत तीन दशकभन्दा बढी पत्रकारिता पेशामा क्रियाशील कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार पौडेललाई सम्मान गरेको हो ।
नगरपालिकाको १६ औं नगरसभाको विशेष समारोहमा नगरपालिकाका मेयर अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीले पत्रकार पौडेललाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।
पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिएको यो पुरस्कारले स्थानीय पत्रकारिताको प्रोत्साहन र सम्मान गरेको नगर प्रमुख अब्दुल कलामले बताउनुभयो ।
बरिष्ठ पत्रकार पौडेलले सम्मान प्राप्त गर्न पाउँदा आफू अत्यन्त गर्वित र उत्साहित भएको प्रतिक्रिया दिनुभयो । उहाँले यो सम्मानले थप जिम्मेवारी बोध गराएको बताउँदै सत्य, निष्पक्ष र जनपक्षीय पत्रकारितामा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरपालिकाले शुभावती कुर्मी स्मृति पुरस्कार प्रत्येक वर्ष पत्रकारिता तथा सामाजिक सेवामा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रदान गरिँदै आएको छ ।