व्यापार संघ र नगर भित्रका शिक्षकहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
पुनहरी घिमिरे कपिलवस्तु
व्यापार संघ कपिलवस्तुले आगामी माघ ९ गते देखि २० गते सम्म संचालन हुने नबौं चन्द्रौटा महोत्सव लाई भब्य र सब्य बनाउन शिवराज नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले नगर भित्रका विद्यालयका शैक्षिक ब्याक्तित्वहरु संग छलफल गरेको हो । कार्यक्रममा बोल्दै व्यापार संघका अध्यक्ष महादेव पोख्रेलले महोत्सव लाई नया पन दिनको लागी जिल्लाका अन्य स्थानीय तह संग सहकार्य गरेको बताउनु भयो । कार्यक्रममा उपस्थित शिक्षाकहरुले महोत्सव सफलताको कामना सहित सक्दो सहयोग समेत गर्ने प्रतिबद्धता जनाएका छन । शिक्षकहरुले कार्यक्रममा बोल्दै आफुहरुले विभिन्न किसिमका झाकी प्रदर्सन गर्ने र महोत्सवमा शैक्षिक स्टल समेत राख्नुपर्ने बताएका थिए । मेला बालबालिका हरुका प्रतिभालाई अगाडि ल्याउने थलो बन्ने समेत अपेक्षा गरिएको बताएका थिए । यहि माघ ९गते बाट संचालन हुने नवौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव लाई सफल पार्न व्यापार संघले विभिन्न संघसंस्था हरु संग सहकार्य गर्दै आएको छ । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष जगत पौडेलको स्वागत मन्तव्य र महासचिव गोपाल बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो।