Connect with us
Kapilvast Forest

रहतावल सामुदायिक वनद्वारा ज्येष्ठ नागरिक र सुत्केरीलाई सम्मान

२०८१, २८ पुष आईतवारमा प्रकाशित

कपिलवस्तु– रहतावल वन उपभोक्त समुह कपिलवस्तुले एक कार्यक्रमका बिच ज्येष्ठ नागरिक,अपाङ्ग दृष्टिविहीन तथा सुत्केरी हरुलाई विविध सामाग्री हस्तान्तरण गरेको छ ।

८०वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई फाईवर सिरक तथा लठ्ठी वितरण गरिएको हो । कार्यक्रममा सबैभन्दा धेरै उमेरका१०८ वर्षकि बिकनी थारु र १०३ वर्षकि चिन्की थारु लगायत ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

साथै अपांग तथा दृष्टिविहिन ६ जना समेतलाई सम्मान सहित सामाग्री हस्तान्तरण गरिएको थियो । यस्तै १८ जना सुत्केरी महिलालाई भाले तथा हर्लेस वितरण गरिएको थियो ।

त्यस्तै डङ्रेरिया संस्कृतिक युवा क्लब र जागृती युथ क्लब लाई खेलकुद सामाग्री तथा ड्रेस र प्रहरीलाई सेफ्टी सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रम पुर्व वन तथा वातावरण मन्त्री तथा प्रदेश सभाका सांसद अर्जुन केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यस्तै विशिष्ट अतिथि डिभिजन बन कार्यलय गौतमबुद्धका प्रमुख राज क्षेत्री,अतिथि हरु शिवराज नगरपालिका ३ का वडा अध्यक्ष टेकलाल सपकोटा,शिवराज साझेदार वन उपभोक्त समुहका अध्यक्ष हरि प्रसाद पोख्रेल,कपिलवस्तु वन उपभोक्त समुहका अध्यक्ष गणेश नाथ तिवारी,सब डिभिजन वन कार्यलय खरेन्द्र्पुरका वरिष्ठ वन अधिकृत पहलमान मगर लगायत ले बोल्नुभएको थियो ।