Connect with us
Kapilvast Forest

सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ

२०८१, २६ माघ शनिबारमा प्रकाशित

पाल्पा

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार अलोकतान्त्रिक तरिकाले अगाडि बढेको आरोप बताएका छन् । विशिष्ट अवस्थामा मात्र अध्यादेश ल्याउने प्रावधान भए पनि संसद् गरेर अध्यादेश ल्याई सरकारले अलोकतान्त्रिक चरित्र देखाएको उनको टिप्पणी छ । शनिबार प्रेस सेन्टर नेपाल पाल्पाले गरेको पत्रकार भेटघाटमा श्रेष्ठले भने, ‘हामी अहिले संसद्मा अध्यादेशविरुद्ध सशक्त प्रतिवाद गर्ने प्रक्रियामा छौं । किनभने, सरकारको तर्फबाट निश्चित गरिएको मितिबाट अध्यादेश स्वीकार र अस्वीकारको प्रस्तावलाई पछाडि धकेलिएको छ । हामीले त्यसको प्रतिवाद गर्ने नै छौं ।’

राष्ट्रिय कार्यभारलाई पूरा गर्न सबै प्रतिपक्षी शक्तिलाई मिलाएर अघि बढ्ने प्रक्रियामा माओवादी रहेको उनले बताए । उनले सरकारले राम्रा काम गरे तिनलाई समर्थन गर्ने र खराब कामको सशक्त प्रतिवाद गर्ने बताए । सरकारको राष्ट्रिय कार्यभार सुशासन, समृद्धि र सामाजिक न्याय स्थापित गर्नु भए पनि गलत ढंगले सत्ता सञ्चालन गर्न खोजेको आरोप पनि लगाए । ‘सरकारले गरेका राम्रा कामहरूको समर्थन गर्न सकौं भन्ने नै छ,’ पूर्वउप्रधानमन्त्री श्रेष्ठले भने, ‘सरकारसँग राष्ट्रिय मुद्दाहरूमा सहमति कायम गर्दै अघि बढ्न सकौं भन्ने रहे पनि यो सरकारले गर्ने सम्भावना रहेन ।’

विगतमा माओवादीको नेतृत्वमा रहेको सरकारले केही सकारात्मक परिवर्तन गरे पनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो । अब सडक र सदनमा जनताको मुद्दा स्थापित गर्न माओवादी लाग्ने उनले बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिले जनताले चाहेअनुसारको पार्टी बनाउन माओवादीले देशभर नयाँ अभियान थालेको दावी गर्दै समयअनुसार जनताको पार्टी बनाउन पार्टीको पुनर्गठनमा माओवादी लागेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu