Connect with us
Kapilvast Forest

अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै

२०८१, २७ माघ आईतवारमा प्रकाशित

काठमाडौं

अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी ९जसपा नेपालको संसदीय दलको बैठक बस्दैछ । जसपा नेपालका सांसद दिपक कार्कीका अनुसार संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । ‘अधयादेबारे अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने भनिएको छ,’ कार्कीले बैठकको एजेण्डाबारे जानकारी दिए ।जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशहरूबारे अध्ययन गरेको छ । उक्त कार्यदलले गत मंगलबार र बुधबार गरेर १० जना विज्ञसँग छलफल गरेको थियो ।

विज्ञसँगको छलफलको आधारमा कार्यदलले सुझावसहितको प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनउपर गत शुक्रबार समेत छलफल भएको थियो । तर, शुक्रबार संघीय संसद्को दुवै सदनको कार्यसूचीबाट अध्यादेश अगाडि बढाउने कार्यक्रम हटाइएको भनेर कुनै निर्णय गरेको थिएन । आइतबार पनि दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश अगाडि बढाउने कार्यक्रम समावेश छैन । ‘सदनको सम्भावित कार्यसूचीमा अध्यादेश नरहेको जानकारी पाएका छौं । तैपनि हामी अध्ययन कार्यदलको प्रतिवेदनउपर छलफल भने गर्छौं । निर्णयका सम्बन्धमा छलफलपछि मात्रै भन्न सकिन्छ’ जसपा नेपालका सांसद कार्कीले  भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu