स्यानिटरी प्याडमा दिइने भन्सार छुट स्वार्थ प्रेरित थियो कि भन्ने शंका छ : तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाइनुपर्ने माग गरेकी छन् । आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाउँदा नेपालमा उत्पादन हुने स्यानिटरी प्याडले विदेशी प्रोडक्टसँग प्रतिस्पर्धा गर्न सकिने बताइन् ।
उनले भनिन्, ‘आयातित प्याडमा दिइएको भन्सार छुट लक्षित उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । बिचौलियाको खल्तीमा पुगेको छ र, यसको नियमन नहुनुले छुट नै स्वार्थ प्रेरित थियो भन्ने शंका उब्जिएको छ ।’ सातै वटा प्रदेशमा सरकारी विद्यालयमा वितरण भइरहेको निःशुल्क स्यानिटरी प्याडको उपलब्धता र सुनिश्चितताको लागि अनुगमन आवश्यक रहेको बताइन् ।