Connect with us
Kapilvast Forest

कालिकाको सामाजिक परिक्षण सम्पन्न

२०८१, ४ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु् –
कालिका स्वावलम्बन सामाजिक केन्द्रको सामाजिक परिक्षण तौलिहवामा संपन्न गरिएको छ । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले विकासको हेरक सुचकांकमा पछि परेको कपिलवस्तुको सामाजिक विकासमा कालिकाको महत्वपुर्ण योगदान गरेको बताए । उनले यो संस्थासंग आफु ३ बर्ष देखि संपर्कमा रहेको भन्दै पारदर्शीहरुपमा काम गर्नु राम्रो भएको बताए ।

उनले स्वास्थ्य र शिक्षमा जिल्ला निकै कमजोर रहेकोले यसलाई सबै मिलेर अघि बढाउनु पर्ने बताए । सो अवसरमा जिल्ला समवन्य अधिकारी जर्नादन अधिकारीले दोहोरोपन हटाई काम गर्नु पर्ने बताए । उनले सबै मिलेर जिल्लाको सामाजिक विकास गर्नु पर्ने बताए । कार्यक्रमममा गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेयले ३ दशक लामो ईतिहास बाकेको कालिकाले जिल्लामा निकै राम्रो काम गरेको बताए ।

सो अवसरमा पत्रकार महासंघकमा पुर्व अध्यक्ष किरणमान बज्राचार्यले कालिकाले पत्रकारहरुसंग समन्वय गरी काम गरेकोे भन्दै प्रसंसा गरे । कार्यक्रममा संचारकर्मी तथा पत्रकार महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईले सहजकर्ताको भुमिका निभाउदै स्थलगतरुपमा सेवाग्राही र सरोकारवालाले दिएको सुझावका बिषयमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सस्थाद्धारा संचालित बिभिन्न ६ वटा परियोजनाका परियोजनाको संयोजकले परियोजनाका बिषयमा प्रस्तुतीकरण गरेका थिए । संस्थाका अध्यक्ष मंदीप सिंहको अध्यक्षता र सचिव शान्ता पौडेलको संचालनमा भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu