रमजान सुरु, किन मनाइन्छ रमजान ?
सनिउल्ला धोबी,कपिलवस्तु- मुस्लिम समुदायको सबैभन्दा पवित्र महिना मानिने रमजान भोलि (आइतबार) बाट सुरु हुँदैछ । हिजरी पात्रोअनुसार नवौँ महिना पर्ने रमजान इस्लाम धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्व बोकेको महिना हो ।
रमजान महिनामा मुस्लिम समुदायले एक महिनासम्म निराहार (रोजा) बस्ने, नमाज पढ्ने, दान दिने, हज गर्ने परम्परा रहेको मुस्लिम अगुवा रहिस शाहले जानकारी दिनुभयो ।
इस्लामिक मान्यता अनुसार रमजान महिनामा नै हजरत पैगम्बर मोहम्मदलाई पवित्र मुस्लिम पवित्र ग्रन्थ कुरान प्रकट भएको मुस्लिम अगुवा शाहले बताउनु भयो ।
रमजान महिना इबादत (उपासना) को रूपमा मनाइन्छ । रोजा बस्दा मानिसले आफ्नो इन्द्रियलाई नियन्त्रण गर्ने, आत्मसंयम राख्ने र आध्यात्मिक शुद्धिकरण गर्ने अवसर प्रदान हुने मुस्लिम मौलाना मशहुद खान नेपालीले बताउनु भयो ।
रमजान महिनामा मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म खानपान नगरी उपवास (रोजा) बस्ने साँझपख ‘इफ्तार’ गरेर उपवास खोल्ने र साझपख विशेष नमाज (तराबी) पढ्ने चलन रहेको मौलाना कारी शेरे नेपालले बताउनु भयो ।
साउदी अरेबिया, कतार, दुबाई लगायतका मुस्लिम देशमा आजबाट रमजान सुरु भएको छ भन नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगायत लगायतका देशका मुस्लिम समुदायले भोलिबाट रमजान सुरु गर्ने तयारी गरेका छन ।
खाडी मुलुकमा हिजो बेलुका नै चन्द्रमा देखिएपछि त्यहाका मुस्लिम समुदायले आजबाट रमजान बसेका हुन । नेपाल, भारत, पाकिस्तान लगायतका देशमा आज मात्रै चन्द्रमा देखिएपछि भोलिबाट रमजान (रोजा ब्रत) बस्ने धर्मिक गुरुहरुले बताएका छन ।
नेपालको २०७८ को जनगणना अनुसार, कुल जनसंख्याको करिब ५.१ प्रतिशत मुस्लिम समुदाय रहेका छन । करिब १४ लाखभन्दा बढी मुस्लिम समुदाय विशेषगरी तराई क्षेत्रका जिल्लाहरूमा बसोबास गर्छन । नेपालको पहाडी क्षेत्रमा पनि उल्लेख्य उपस्थिति रहेको छ ।