मासु ब्यवसायीसंग संग अन्तरक्रिया
कपिलवस्तु मंसिर ११,
कपिलवस्तु नगरपालिकाल पशु सेवा ईकाईले मास ब्यवसायी संघ अन्तरक्रिया कार्यक्रम संपन्न गरेको छ । सो अवसरमा नगर उप प्रमुख लक्ष्मी साउ गुप्ताले उपभोक्ताहरुलाई स्वच्छ सफा मासु उपलबब्ध गराउन मयण्ड अनुसार पसल खोल्नु पर्ने बताईन ।
अहिले बजारमा उपभोक्ताहरुलाई ठगी गर्ने गरी मासु बिक्री गर्ने गरिएको भन्ने गुनासो आईरहेको बताईन । उनले तोकिएको मापद ण्ड अनुसार मासु पसल संचालन गर्नु पर्ने र मासु पसलको निरन्तर अनुगमन गर्नु पर्ने बताईन ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले ्रमासु ब्यवसायीले सर्वसधारणको स्वास्थ्यलाई ख्याल गरी मासु बिक्री गर्नु पर्ने बताए । उनले मासु ब्यवासयीले ईमान्दारीप्पुवृ काम गर्नु पर्ने बताउउ ।
सो अवसरमा पशु चिकित्सक डाक्टर रुप नारायण श्रेष्ठले स्वच्छ सरफा मासु, बधशाला, मासु जाच इऐन, नियमावली, मासु पसलको मापदण्डका बिषयमा जानकारी गराएका थिए । उप प्मुख गुप्ताको अध्यक्षता र भोजराज पाण्डेयको संचालनमा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेल, २ का रामभजन कलवार, पशु चिकित्सक केशव प्रसाद हरिजन लगायतले मन्तब्य दिएका थिए ।