अर्घाखाँची दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ – अर्घाखाँचीको सन्धिखर्कमा बुधबार भएको बस दुर्घटनामा जनधनको क्षति भएकोप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
देउवाले दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको जतिसक्दो चाडो सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेका छन् ।
‘सडक दुर्घटना निर्मुल गर्न जतिसक्दो चाडो विशेष अभियान अघि बढाउन पनि म सरकारलाई अनुरोध गर्दछु’, देउवाका तर्फबाट कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।