माइक्रोबस दुर्घटना हुँदा तीनको मृत्यु
काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–४ मंग्रामा (माइक्रो बस) दुर्घटना भएको छ । दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेलाई अस्पाल लगिएको छ ।
घाइतेको उद्वार भइरहेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो । थप विवरण आउँन बाँकी छ ।