अहिलेसम्म २५ प्रतिशत मत खस्यो
पोखरा । नेकपा उमेदवार विद्या भट्टराईले पोखरा ३३ भरतपोखरी स्थित शान्ती उदय माविमा मतदान गरेकी छन् । साझा पार्टीका उम्मेदवार रजनी केसिले वार्ड न. ४ को नवीन माबी मा मतदान गरिसकेकी छन् ।मतदाता भेट्दै खेमराज काङ्ग्रेस उमेदवार खेमराज पौडेलले मतदान गर्न पाउँदैनन् । मुख्य प्रतिस्पर्धी मानिएका पौडेल मतदान गर्न नपाए पनि बिहानै देखि मतदान केन्द्रमा पुगेर मतदाता भेट्दै छन् ।
पौडेल पोखरा २२ का स्थायी बासिन्दा हुन् । यो प्रतिनिधिसभा क्षेत्र ३ मा पर्दछ ।कास्की २ मा बिहानैदेखी मतदान भइरहेको छ । २१ उमेदवार यहाँक चुनावमा भाग लिएका छन् । ती मध्ये ११ जना राजनीतिक दलका उमेदवार हुन भने बाँकी १० स्वतन्त्र उमेदवार हुन् । अहिले सम्म २५ प्रतिशत मतदान सकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।