Connect with us
Kapilvast Forest

सुधारगृहमा राखिएका व्यक्तिको मृत्यु, तीन जना पक्राउ

२०८२, १४ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं –

ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।उनले भने, ‘शनिबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएको रहेछ, अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।’

परिवारले उनको मृत्युप्रति शंका गर्दै प्रहरीलाई खबर गरेपछि ललितपुर प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो । त्यसक्रममा राति मोटरसाइकलमा नमस्ते अस्पताल लैजाने दुई जना र सुधार गृहका एक सञ्चालक गरी ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।एसएसपी अधिकारी भन्छन्, ‘घटनाबारे बुझ्नलाई ल्याएका हौं, सोधपुछ भइरहेको छ ।’ पोष्टमार्टम रिपोर्ट आएपछि घिसिङको मृत्युबारे निर्क्यौल हुने उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu