Connect with us
Kapilvast Forest

आकस्मिक छलफलमा जुट्यो विद्यालय कर्मचारी परिषद्

२०८२, १८ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं –

सरकारसँग शिक्षक महासंघले गरेको सहमतिपछि विद्यालय शिक्षक कर्मचारीहरू असन्तुष्ट बनेका छन् ।बिहीबार सरकारसँग भएको सहमतिबारे सार्वजनिक गर्न रत्नराज्य माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उनीहरूले विरोध जनाएका छन् ।लगत्तै अहिले विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् ।

उनीहरूको अहिले रत्नराज्य माध्यमिक विद्यालयमा छलफल जारी छ । केहीबेर अघि उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै विरोध जनाएका थिए । आफूहरूको आन्दोलन जारी रहेको विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरूले बताएका छन् ।