Connect with us
Kapilvast Forest

ढिस्कोमा पुरिदा एक जनाको मृत्यु, एक जना घाइते

२०८२, २८ बैशाख आईतवारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तुको विजयनगर गाउँपालिका–१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । ढिस्कोले पुरिँदा विजयनगर–१ नेवलागञ्जका ३० वर्षीय केशब थापाको मृत्युु भएको प्रहरीले जनाएको छ ।

नेवलागञ्ज–मधनगरा जोड्ने विशवा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको फाउन्डेशन खन्ने क्रममा अचानक माटोको ढिस्को खस्दा कामदार केशब थापा र सर्जुलाल चौधरी गम्भीर घाइते भएकामा उपचारको क्रममा आधारभूत अस्पताल चन्द्रौटामा थापाको मृत्युु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

अर्का दुर्घटनामा घाइते भएका ४८ वर्षीय सर्जुलाल चौधरीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । स्थानीयले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu