१३ स्थानीय तहले ऐन विपरित स्थानीय तहका पदाधिकारीलाई बाँड्यो १३ लाख चाडपर्व खर्च
काठमाडौं-
१३ स्थानीय तहले २०८१ मा पदाधिकारीहरूलाई ऐनमा व्यवस्था नभएको चाडपर्व खर्च १३ लाख ९६ हजार बाँडेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ।
प्रदेश सभाद्वारा जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा स्थानीय तहका पदाधिकारी र सभाको सदस्यले तोकिए बमोजिम मात्रै मासिक सुविधा पाउने व्यवस्था छ। तर,२८ स्थानीय तहले पोशाक सुविधामा १ करोड २८ लाख ३५ हजार भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ।त्यस्तै,ऐनमा उल्लेख भएभन्दा फरक हुनेगरी ७७ स्थानीय तहले यातायात खर्चमा ५ करोड ७ लाख ९५ हजार भुक्तानी गरेका छन्।