Connect with us
Kapilvast Forest

कपिलवस्तुको खरेन्द्रपुर–महाराजगञ्ज सडक खण्डको अवस्था दयनीय

२०८२, ८ जेष्ठ बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल — कपिलवस्तुको खरेन्द्रपुर–महाराजगञ्ज सडक खण्डको अवस्था दयनीय बनेपछि सर्वसाधारण नागरिक दैनिक सास्ती भोग्न बाध्य भएका छन् । करिब १० किलोमिटर लम्बाइको यो सडक खण्डमा ठाउँ–ठाउँमा ठूला खाल्डाखुल्डी परेका छन्, जसले गर्दा आवतजावतमा गम्भीर समस्या सिर्जना भएको छ ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा आर्थिक वर्ष २०७६/७७ मा निर्माण सम्पन्न गरिएको यो सडक केही वर्षमै जिर्ण बन्दा निर्माणको गुणस्तरीयतामाथि गम्भीर प्रश्न उठेका छन् । स्थानीय अगुवा केशरी प्रसाद जयसवालका अनुसार, निर्माणपछि २–३ वर्षमै सडक भत्किन थालेको हो । “सडकमा थुन्हिया, पल्टा, चमर्सटिया गाउँ नजिकै ठूला खाल्डा छन्, सवारी गुडाउनै नसकिने अवस्था छ,” जयसवालले भन्नुभयो ।

उक्त सडक भएर स्थानीय बासिन्दादेखि उच्च पदस्थ व्यक्तिहरू समेत दैनिक ओहोरदोहोर गर्छन् । तर यति संवेदनशील सडकको जीर्ण अवस्थाप्रति सम्बन्धित निकायको ध्यान नगएकोप्रति स्थानीयहरु आक्रोशित छन् । दैनिक यात्रामा सास्ती, दुर्घटनाको जोखिम, र सवारीसाधन बिग्रिने समस्याले नागरिक त्रस्त भएका छन् ।

स्थानीय सरकार तथा लुम्बिनी प्रदेश सरकारको समन्वयमा सडक मर्मत सम्भार र दिगो समाधान खोजिनु पर्ने माग पीडित नागरिकहरूको छ । अन्यथा आन्दोलनमा उत्रिनुको विकल्प नरहने स्थानीयको चेतावनी छ ।

यस सडक खण्डको चाँडो मर्मत नहुने हो भने शिक्षा, स्वास्थ्य, व्यापार र अन्य सेवा–सुविधामा समेत प्रतिकूल असर पर्ने निश्चित देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu