Connect with us
Kapilvast Forest

हाइमास्ट लाइट जडानको खाल्डो खनेर ठेकेदार बेपत्ता

२०८२, ८ जेष्ठ बुधबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा चोक, रुद्रपुर चोक र खरेन्द्रपुर चोकमा हाईमास्ट लाइट जडानका लागि खाडल खनेर छाडिएको छ ।

ठेकेदार कम्पनी नेपालटेक ग्रुप कम्पनी लिमिटेड काम अधुरो छाडेर बेपत्ता भएपछि स्थानीयवासी सास्तीमा परेका छन ।

वैशाख २३ गते मंगलबार जेसिबी प्रयोग गरी खाडल खन्ने काम नगरप्रमुख अजय थापा लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा गरिएको थियो । तस्बिरहरू सामाजिक सञ्जालमा उत्साहका साथ सार्वजनिक गरिए ।

नगरवासीहरूले उज्यालो हुने अपेक्षा गरेका थिए । तर आजसम्म पनि खाडलकै अवस्थामै पानी जमेको छ । कुनै काम अगाडि बढेको छैन ।

हाईमास्ट लाइट जडानका लागि शिवराज नगरपालिकाले २०८१ चैत ५ गते नेपालटेक ग्रुप कम्पनी लिमिटेड, जावलाखेलसँग सम्झौता गरेको थियो ।

सम्झौताअनुसार रु २७ लाखको योजना ४८ प्रतिशत बिलोमा रु १२ लाख ९६ हजारमा सम्झौता गरिएको थियो । यति सस्तोमा काम जिम्मा लिएको कम्पनीले गुणस्तरीयता त परै जाओस्, खाडल बाहेकको अन्य काम सुरु पनि नगरेको गुनासो बढेको छ ।

सम्झौता भएको दुई महिना बितिसक्दा पनि खाडल बाहेक लाइट जडान सम्बन्धी कुनै काम अघि बढेको छैन । यसले निर्माण कम्पनीको नियतमै प्रश्न उठाएको छ ।

निर्माण कम्पनीले निर्माणस्थलमा कुनै पनि किसिमको सूचना पार्टी समेत राखेको छैन । उक्त योजना कसले निर्माण गर्न लागेको हो ? कति लागतमा लागेको हो ? कहिले निर्माण हुने हो समेत केही नखुलेको स्थानीयको भनाइ छ ।

शिवराज नगरपालिकाका प्राविधिक प्रमुख रामजी नेपालीले पटक–पटक निर्माण कम्पनीलाई पत्र र फोनमार्फत ताकेता गर्दा पनि कुनै जवाफ नआएको बताएका छन् । “हामीले धेरै प्रयास गर्‍यौं, तर ठेकेदार कम्पनीसँग सम्पर्क हुन सकेको छैन,” इन्जिनियर नेपालीले भन्नुभयो ।

समाचार तयार पार्ने क्रममा न्युज सेन्टर नेपालले नेपालटेक ग्रुप कम्पनी लिमिटेडका सञ्चालकलाई ९८५५०४१८५० नम्बरमा सम्पर्क गर्दा फोन नै उठेन ।

सार्वजनिक रकमको दुरुपयोग गर्दै स्थानीयलाई सास्ती दिएको यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कडा कारबाही गर्नु पर्ने स्थानीयको माग छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu