कास्की मतगणना अपडेट : नेकपा उम्मेदवारलाई फराकिलो मतान्तरसहित अग्रता
कास्की–कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाका उम्मेदवारले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ८ हजार २ सय ६५ मत प्राप्त गरेकी छन् ।
कास्कीसँगै अन्य जिल्लाका रिक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय घोषणा गरिसकेको छ। कास्की २ मा ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र अघिल्लो निर्वाचनमा भए पनि यस वर्ष केन्द्र पनि थपिने उनले बताए।
अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।