भक्तपुर प्रदेश सभामा कांग्रेस विजय
भक्तपुर-भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ। यो क्षेत्र कांग्रेसले सत्तारूढ नेकपाबाट खोसेको हो। अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्।तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।अन्तिम नतिजाको औपचारिक घोषणा हुन बाँकी छ। भक्तपुरमा कांग्रेस–राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए।