Connect with us
Kapilvast Forest

बजेट निर्माणमा दुवै ठूला दलको मिहिनेत देखिएनः पूर्वअर्थमन्त्री पुन

२०८२, १ असार आईतवारमा प्रकाशित

काठमाडौं

पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’मा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले संसद्को गणितीय हिसाबले करिब दुई तिहाइको सरकारले ल्याएको बजेटमा मेहनत नपुगेको बताए।

उनले वर्तमान सरकार गठन हुँदै गर्दा संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिवद्धता जनाए पनि बजेट कमजोर आएको जिकिर गरे। उनले एजेन्डाहरूलाई नारासहित विषयमा केन्द्रित, बजेटलाई प्याकेजिङ र ब्रान्डिङ गरेर एकीकृत रूपले बजेट ल्याएको खण्डमा मात्रै प्रभावकारी हुने धारणा राखे।नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका पुनले बजेट निर्माणमा अर्थमन्त्रीको मेहनत नपुगेको बताउँदै दुई ठूला दलहरूले गर्नुपर्ने मिहिनेत पनि नगरेको आरोप लगाए।
आगामी बजेट राजनीतिक नेतृत्वले मेहनतका साथ नभई प्रशासकीय तहले नियमित रूपमा बनाउने बजेटको रूपमा देखिएको जिकिर गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu