Connect with us
Kapilvast Forest

रास्वपा र राप्रपाको विरोधका बीच अघि बढ्यो संसदको कारबाही

२०८२, १ असार आईतवारमा प्रकाशित

काठमाडौं-

विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बीच संसद बैठक अघि बढाइएको छ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै आन्दोलन गरिरहेको रास्वपाले आइतबार पनि वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

राप्रपाले पनि उठेर विरोध कायम राखेको छ।   दुवै दलले शुक्रबार पनि विरोध गरेका थिए। सभामुखले बैठक संचालनका लागि सहज वातावरण बनाइदिन रास्वपा र राप्रपा नेतृत्वलाई आग्रह गरे पनि उनीहरुले विरोध जारी राख्ने बताएका थिए।अहिले संसदमा आकस्मिक समयमा सांसदहरुले बोलिरहेका छन्। सभामुखले रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई पनि आकस्मिक समयमा बोल्न समय दिए पनि उनले बोलेनन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu