Connect with us
Kapilvast Forest

झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

२०८२, १९ असार बिहीबारमा प्रकाशित

झापा

झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीवार बिहान हात्तीको आत्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ । बिहान करिब ३ बजे शौचालय जाँदै गर्दा लिम्बूलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।

यसअघि असार ६ गते मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट अर्का एक जनाको ज्यान गएको थियो ।झापामा प्रत्येक वर्ष हात्ती आक्रमणका घटनाहरू बढ्दै गएका छन् । चालु आर्थिक वर्षको अवधिमा मात्रै झापामा जंगली हात्तीको आक्रमणबाट ६ जनाले ज्यान गुमाइसकेका छन् ।जंगली हात्तीको आतंक नियन्त्रण गर्न सम्बन्धित निकायलाई स्थानीयवासीले पटक–पटक आग्रह गरे पनि समस्या समाधानमा कुनै प्रभावकारी पहल नदेखिएको गुनासो छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu