Connect with us
Kapilvast Forest

आज चार संसदीय समितिको बैठक बस्दै

२०८२, १ श्रावण बुधबारमा प्रकाशित

काठमाडौँ –

 चार संसदीय समितिको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको एक, राष्ट्रिय सभाको दुई तथा एक संयुक्त समितिको बैठक बस्न लागेको हो।कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानून आयोगसँग छलफल हुनेछ। यस्तै यही विधेयकमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने पनि कार्यसूची छ। बैठक बिहान १० बजे बस्नेछ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति ९संयुक्त०को बैठक पनि बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव सङ्कलन तथा छलफल, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेश गर्नेछ।  बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्था र समितिको कामकारबाहीको समीक्षा हुनेछ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu