Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगरमा ४०४ जनालाई जस्तापाता

२०८२, १ श्रावण बुधबारमा प्रकाशित

मनिष कुमार गुप्ता-
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा जस्ता पाता वितरण गरिएको छ ।
कृष्णनगरक अति विपन्न ४ सय ४ घरघुरीलाई जस्ता पाता वितरण गरिएको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

सबै घरधुरी १३ थान जस्तापाता र ८ थान एसएम पाईप वितरण गरिएको नगरप्रमुख शाहले बताउनुभयो । जस्तापातामा लाग्ने नट, बोल्ट तथा हुक वितरण गरिएको नगर प्रमुख  शाहले जानकारी दिनु भयो ।

गरिव घरपरिवारको जीवन स्तर उकास्नका लागि जस्तापाता बाडिएको उपप्रमुख चौधरीले बताउनु भयो ।

संघिय अनुदान अनुसार तीन वर्षमा १ हजार घरधुरीलाई जस्तापाता वितरणको लक्ष्य अनुसार दोस्रो चरण अन्तरगत ४ सय ४ जनालाई अहिले वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बताउनु भयो ।

जस्तापाता वितरण कार्यक्रमको फोकल पर्सन इन्जिनियर बिनय गुप्ताले आगामी बर्ष पनि यो अभियान सन्चालन गरिने बताउनु भयो ।
सबैवडाका गरिब घर पहिचान गरि जस्ता पाता वितरण गरेको इन्जिनियर गुप्ताले बताउनु भयो ।

वडा नं १ मा ४१ घर परिवार, वडा नं २ मा २२ घर परिवार, वडा नं ३ मा २३, वडा नं ४ मा २७, वडा नं ५ मा ३९ घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो ।

त्यस्तै वडा नं ६ मा ३३ जना, वडा नं ७ मा ४८ जना, वडा नं ८ मा ३४ जना, वडा नं ९ मा ४०जना , वडा नं १० मा ३२ जना, वडा नं ११ मा २६ जना र १२ मा ३९ जनालाई जस्तापाता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।जस्तापाता पाएपछि नागरिकहरु खुखी भएका छन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu