Connect with us
Kapilvast Forest

सरकार भ्रष्टाचारमा लिप्त रहिरहे सडकबाट प्रतिवाद गर्छौं : प्रचण्ड

२०८२, २ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै सडक आन्दोलनको चेतावनी दिएका छन् ।साथै उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै यस्तै रवैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलनबाट प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित ’श्रम र उत्पादनमा वाइसिएल अभियान’ कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले देश अहिले कठिन मोडमा रहेको बताए ।

‘अहिले देश पक्कै संविधानको दृष्टिकोणले, गणतन्त्रको दृष्टिकोणले, सुशासन, सामाजिक न्याय र समृद्धिका दृष्टिकोणले निकै नै जटिल मोडमा छ, अहिलेको सरकार जहाँ टेक्छ त्यहीं भ्रष्टचार बाहेक केही पनि छैन’, उनले भने ।सरकार सुशासनका विरुद्ध खडा भएको र देशलाई असफल बनाउनतर्फ लागेको उनको आरोप छ ।कार्यक्रममा उनले माओवादी केन्द्रको भातृ संगठन वाईसीएललाई श्रम, उत्पादनसँग जोडिएर सुशासन र न्यायको पक्षमा काम गर्न निर्देशन दिए ।

वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको ‘उत्पादन ब्रिगेड’ को निरन्तरता भएको बताए ।प्रचण्डले यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय भएको धारणा राख्नुभयो ।वाइसिएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu