Connect with us
Kapilvast Forest

१४ वर्षदेखि अभिभावकविहीन स्वस्तिकाकालाई बुवाले बनाइदिए नागरिकता

२०८२, १५ श्रावण बुधबारमा प्रकाशित

काभ्रेपलाञ्चोक –

१४ वर्षदेखि अभिभावकविहीन भएर धुलिखेल नगरपालिका–७ मा रहेको बालगृहमा बस्दै आएकी स्वस्तिका केसीले अभिभावक र नागरिकता दुवै पाएकी छिन् ।बेवारिसे अवस्थामा बीच बाटोमै छाडेर फरार भएका उनका बुबा बिष्णुराज केसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० बाट स्वस्तिकालाई नागरिकता बनाइदिएका हुन ।स्वस्तिकाकाको नागरिकताको लागि वडाअध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाकेले वंशजको आधारमा नागरिकता दिएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा र सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले मंगलबार स्वस्तिकालाई नागरिकता हस्तान्तरण गरेका थिए । नागरिकताको लागि सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठ, अभियन्ता अर्जुन भुषाल, स्वस्तिकालाई सबैभन्दा पहिला आश्रय दिने राधा माकजुका छोरा सुवास माकजुलगायतका व्यक्तिहरू स्वस्तिकाको पुर्ख्यौली गाउँ चौतारा साँगाचोकगढी नगरपालिका-१० खत्रीथोक र प्रशासन कार्यालय पुगेका थिए ।

‘नागरिकताको लागि त्यति सहज थिएन । वडा कार्यालयले सार्वजनिक मुचुल्का खोजेको थियो । तर, वडा अध्यक्षले सबै स्थानीय भेला गरेर मुचुल्का तयार गरिदिनुभयो र सहज भयो’, अभियनता अर्जुन भुषालले भने ।वडा अध्यक्ष निलबहादुर तामाङले स्वस्तिकाका बुबा गाउँमा नबसेकोले केही समस्या भए पनि नागरिकता सिफारिसमा स्थानीय गाउँलेहरु सबैले सार्वजनिक मुचुल्कामा हस्ताक्षर गरिदिएर सहयोग गरेको जानकारी दिए ।

स्वस्तिकाका बुबा विष्णु सिन्धुपाल्चोकमा भए पनि उनी कामको सिलसिलामा जिल्ला बाहिरनै बसेका थिए ।नागरिकता बनाउनका लागि परिवार खोज्न स्वस्तिकालाई आश्रय दिएको सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठले धेरै प्रयास गर्दा पनि कोही पनि सम्पर्कमा नआएपछि सामाजिक अभियन्ता अर्जुन भुसालको सहयोगमा स्वस्तिकाका बुबा र ममीलाई सम्पर्कमा आएका थिए । भुसाल धुलिखेल नै आएर सामाजिक सञ्जालमा हालेको भिडियो हेरेर स्वस्तिकाकी आमा मञ्जु केसी (नागरिकतामा कृति गुरुङ) चितवनबाट सम्पर्कमा आएकी थिइन् भने स्वस्तिकाका बुबा धुलिखेलबाट नै सम्पर्कमा आएका थिए ।

बुबा आमा दुवैले छाडेपनि अहिले दुवै जनासँग भेट्न पाएकोमा एकदम खुसी लागेको स्वस्तिकाले बताइन् । ‘मैले बुबा र ममीसँग भेट्छु भनेर सोचेको पनि थिइनँ । भेट्दा खुसी लाग्यो । भेट्नुअघि बुवालाई भेटेर किन बीचबाटोमा छाडेर हिँडेको भनेर प्रश्न गर्छु भन्ने थियो । तर उहाँले भेट्नुभयो । मलाई पहिचान दिनुभयो । यसैमा धेरै खुशी भएँ’, स्वस्तिकाले भनिन, ‘म सानै थिएँ, छाडेको कुरा ठूलो भएपछि मात्र थाहा पाएँ । ठूलो हुँदै गएपछि आफ्नो बुबा(ममी कहाँ होलान भन्ने मनमा खेल्थ्यो, आज दुवैलाई भेटेर खुशी छु ।‘

धुलिखेल–७ मा बाबुले छाडेर गएपछि स्वस्तिकालाई धुलिखेलकै राधा माकजुले फेला पारिन् । एक वर्ष आफ्नो साथमा राखेर धुलिखेल इङ्गलिस बोर्डिङ स्कुलमा पढाइन् ।तर, राधा धुलिखेलको बसाइ छाडेर अमेरिका जाने भइन् । त्यसपछि स्वस्तिकालाई शर्मिला श्रेष्ठले सञ्चालन गरेको सिद्धार्थ बालगृहमा राखियो ।उनले सिद्धार्थ बालगृहमा बसेर १० कक्षासम्म धुलिखेलकै सञ्जीवनी नमूना माध्यमिक विद्यालय र ११ र १२ कक्षा बनेपामा रहेको आदर्श विद्या मन्दिरमा अध्ययन गरिन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu