Connect with us
Kapilvast Forest

एमाले विभाजन गर्नु नै ठूलो गल्ती भयो : झलनाथ खनाल

२०८२, १७ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं-

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले विभाजन गरेर गल्ती गरिएको बताएका छन्।इमेज च्यानलमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै खनालले एमालेमा विद्रोह गरेर नयाँ दल बनाउँदा त्यसको औचित्य पुष्टि गर्न नसकिएको बताएका हुन्।उनले एमालेमा पार्टी बनाउँदा रगत, पसिना बगाएको हुँदा अहिले पनि माया रहेको बताएका छन्।

उनले भने, ‘नेकपा एमालेप्रति अनुराग छ, माया छ। त्यो पार्टी बनाइयो। लडाइँ गरियो। जेल नेल खाइयो। अनि माया हुँदैन’‘ओली होइनन्, म व्यक्तिको पक्षमा जान्न। तर, नेकपा एमाले भनेको एउटा संस्था हो, जो कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो। त्यो संस्थालाई त्यति बेला छाडेर विद्रोह गर्ने कुरा चाहिँ गलत थियो,’ खनालले थपे।

उनले आफ्ना अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई एकलौटी ढंगले चलाएको समेत आरोप लगाएका छन्। ‘दलका महत्त्वपूर्ण निर्णयमा मलाई संलग्न गराउन छोडिएको छ। यो पार्टी व्यक्तिको बपौति होइन,’ खनालले भने।  उनले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउने बेला नेपालसँग आधारभूत कुरा मिले पनि अहिले मुलतः सिद्धान्तको कुरामा विमति रहेको बताएका छन्।

आफूले वैज्ञानिक समाजवादको कुरा गरे पनि नेपालले जनताको बहुदलीय जनवाद नछोडेकाले समस्या उत्पन्न भएको उनले बताए। तर, हाल नेपालको कार्यशैली एकलौटी गर्ने खालको भएको हुँदा पार्टीका महत्त्वपूर्ण बैठक र निर्णयमा आफूलाई सहभागी नगराइएको गुनासो गरेका छन्। उनले पछिल्लो समाजवादी मोर्चाको बैठक आफ्नै पार्टी कार्यालयमा हुँदा पनि खबर नगरिएको बताएका छन्। बैठकमा वामदेव गौतमलाई बोलाइए पनि आफूलाई नबोलाइएकोमा खनालको आक्रोश थियो।

उनले नेकपा एस अहिले कुनै पनि दल वा मोर्चासँग एकता गर्ने अवस्थामा नभएको समेत बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकताका पहल भइरहेको भन्ने कुरा मिडियाबाट मात्रै थाहा पाइरहेको भन्दै उनले पार्टी कमिटिमा कुनै छलफल नै नभएको बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu