माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि, यस्ता एजेण्डा
साउन १४ गते बसेको पदाधिकारी बैठकमा शर्मा लगायत पार्टीको नेतृत्वमाथि प्रश्न उठाउनेहरूमाथि कारबाही गर्नुपर्ने विषय समेत उठेको थियो। शर्मा, सुदन किरातीलगायत नेताले पार्टीलाई वैचारिक रूपमा सबल बनाउँदै युवा पुस्तामा नेतृत्व ल्याउनुपर्ने बताउँदै आएका छन् । केही दिनअघि मात्र शर्मा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सार्वजनिक आरोप प्रत्यारोप नै चलेको थियो। तर, प्रचण्डले भने पार्टीका सबै असन्तुष्टि हल भइसकेको दाबी गर्दै आएका छन्।