Connect with us
Kapilvast Forest

भीरबाट लडेर तीर्थयात्रीको मृत्यु

२०८२, २४ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौँ –

बाजुरास्थित बडिमालिका दर्शन गरेर फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा का प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए। हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् ।

राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले शवखोलाबाट माथि ल्याउन समस्या भएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिएपनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu