Connect with us
Kapilvast Forest

रुपन्देही–३ उपनिर्वाचन: २७ दलका २८ निवेदन, नाउपाबाट २ निवेदन दर्ता

२०८२, ३० श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं-

रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् ।निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त अवधिमा निर्वाचन २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको छ ।पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन् ।

नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते दल दर्ताका लागि निवेदन दिएका थिए । डगौराले निवेदनको दर्ता नं। ६ हो । अध्यक्ष रञ्जिता श्रेष्ठले भने अन्तिम दिन २७ गते दल दर्ताका लागि निवेदन दिएकी थिइन् । उनको दर्ता नं। २५ कायम भएको छ ।यही साउन १५ गते नाउपाले रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो । लगत्तै निर्वाचन आयोगमा पदाधिकारी अद्यावधिक गर्न निवेदन दिएकोमा आयोगले श्रेष्ठलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरिसकेको छ ।

श्रेष्ठलाई नै अध्यक्षका रुपमा निरन्तरता दिने निर्णय भएकाले रेशम पक्ष ९लालवीरलाई अध्यक्ष बनाउने समूह०बाट रामलाल डगौराले दिएको निवेदन स्वतस् खारेज हुने आयोग स्रोतको भनाइ छ । रञ्जिता नै अध्यक्ष भएकाले उम्मेदवारको मनोनयन दर्तामा उनकै हस्ताक्षर आधिकारिक हुनेछ ।

तराई–मधेशका दल पनि एक हुन सकेनन्

यस्तै, एउटै मोर्चा बनाएर चुनाव लड्ने सहमति गरेका तराई–मधेशका दलहरु पनि एक हुन सकेनन् ।

उपनिर्वाचनमा रुपन्देही–३ मा नाउपालाई समर्थन गर्ने सहमति सात पार्टी सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाबीच भएको थियो ।

तर, यो दलमा आन्तरिक विवाद हुँदा जनमत पार्टीले पनि दल दर्ताका लागि निवेदन दिएको छ । नाउपा र जनमत पार्टी एकताको अन्तिम चरणमै पुगेका समाचारहरु सार्वजनिक भएका थिए ।

अरु कुन–कुन दलले दिए निवेदन?

उपनिर्वाचनका लागि निवेदन दिने अन्य दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत रहेका छन् ।आयोगको निर्वाचन कार्यतालिका अनुसार निवेदन उपर छानबिन गरी भदौ १ गते स्वीकृत दलको नामावली प्रकाशन गरिनेछ ।

रुपन्देही–३ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आगामी कात्तिक १७ गते सोमबार मतदान हुँदैछ । असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu