Connect with us
Kapilvast Forest

रवि लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय

२०८२, ३२ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं –

रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् ।कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, आजै उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ ।

‘नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं,’ शर्माले भने ।शर्माका अनुसार, लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको हो ।‘उहाँको मन्जुरीनामा नै लिखित रुपमा नक्खु कारागार भनेर माग्नुभएको थियो । त्यही अनुसार निर्णय गरेर पठाएका हौं,’ शर्माले  भने ।शर्मा गृह मन्त्रालयबाट सरुवा भएर कारागार विभागको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

यसअघि कारागार विभागको महानिर्देशकमा नारायण प्रसाद भट्टराई थिए । उनलाई निर्वाचन आयोग सरुवा गरेर शर्मालाई पठाइएको थियो ।गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा रविको कारागार सरुवाको काम भइरहेको बताएका थिए ।महानिर्देशक शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले काम कारबाही अघि बढाएर उनको कारागार सरुवा हुनेछ ।‘रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले उहाँ ९रवि लामिछाने० लाई नक्खु कारागार ल्याउने प्रक्रिया अघि बढाउँछ,’ शर्माले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu