Connect with us
Kapilvast Forest

अस्पतालको ३८ लाख घोटाला: जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा

२०८३, ८ बैशाख मंगलवारमा प्रकाशित

न्युजसेन्टर नेपाल:

कपिलवस्तुको चन्द्रौटामा रहेको शिवराज आधारभूत सेवा अस्पतालमा ३८ लाख ५६ हजार ३ सय ९५ रुपैयाँ बराबरको आर्थिक अनियमितताको आशंका प्रबल बनेपछि जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा परेका छन्।

गत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका क्रममा अस्पतालको अभिलेखमा बैंक खातामा रकम जम्मा गरिएको देखाउने १२८ वटा भौचर भेटिएका छन् ।
भौचरमा चढाएको रकम बैंकमा नदेखिएपछि ३८ लाख ५६ हजार ३ सय ९५ रुपैयाँ गायब लेखा परिक्षक लक्ष्मण निरौलाले बताउनुभयो ।

निरौलाले भन्नुभयो “लेखा परीक्षण गर्दा सो रकम वैंक स्टेटमेन्टमा देखिएन यस्ले गर्द्क रकम दाखिला गर्ने ब्यक्तिहरु आशंकाको घेरामा हुनुन्छ ।”

प्रारम्भिक अनुसन्धानमा रकम दाखिला गरिएको देखाउन नक्कली बैंक भौचर प्रयोग गरिएको खुलेको छ भने भौचरमा प्रयोग गरिएको छापसमेत नक्कली रहेको नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका प्रबन्धक रमेश जुगीजुले बताउनुभयो जनाएको छ ।

घटनामा संलग्नता र जिम्मेवारीका हिसाबले केही प्रमुख व्यक्तिहरू प्रश्नको घेरामा परेका छन्। आधारभूत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा खाता सञ्चालक नेत्र प्रसाद बेल्वासे मुख्य जिम्मेवार पदमा रहेकाले उनको भूमिकामाथि प्रश्न उठेको छ ।

यस्तै,अस्पतालका तत्कालीन प्रशासन प्रमुख बिरेन्द्र मिश्रको नामबाट करिब ३० लाख रुपैयाँ, डाक्टरअमित पाण्डेको नामबाट करिब ७ लाख रुपैयाँ र फर्मेसिष्ट लक्ष्मण रिमालको नामबाट करिब १ लाख रुपैयाँ दाखिला गरिएको देखाउने नक्कली भौचर भेटिएकोले उनीहरूको संलग्नता पनि अनुसन्धानको दायरामा आएको स्थानीयको भनाई छ ।

यस विषयलाई गम्भीर रूपमा लिँदै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले वैशाख ४ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्राचार गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।

यता तत्कालीन प्रशासन शाखा प्रमुख मिश्रले उक्त भौचरमा आफ्नो हस्ताक्षर नभएको बताएका छन्।

घटनाले ठूलो तरंग सिर्जना गरेको छ। अहिले सबैको चासो—हराएको ३८ लाख ५६ हजार ३ सय ९५ रुपैयाँ कसरी र कसको मिलेमतोमा गायब भयो भन्ने प्रश्नमा केन्द्रित भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu